तीन पटक म्याद थप्दा पनि बनेन पुल, स्थानीय अनसनमा

तीन पटक म्याद थप्दा पनि बनेन पुल, स्थानीय अनसनमा
पुल निर्माणको माग राख्दै अनसनमा बसेका स्थानीय। तस्बिर : फणि महत
सुन्नुहोस्

रौतहट :  पुलको ठेक्का रद्ध गरि अर्को ठेकेदारलाई काम दिनुपर्ने माग राख्दै अलपत्र पुलमुनि स्थानीयले रिले अनसन सुरू गरेका छन् । पुल अलपत्र पारेर ठेकेदार निस्क्रिय  बसेको भन्दै सडक डिभिजन कार्यालय र ठेकेदारलाई स्थानीयले ध्यानाकर्षण गराउँदै आएका थिए ।

गैंडाटारहुँदै मकवानपुर  जोड्ने चन्द्रपुर–४ र ३ स्थित चाँदी नदीमा निर्माणाधीन पुल  अलपत्र पारिएको भन्दै अनसन थालिएको हो । सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह गैरजिम्मेवार हुँदा पुल नबनेको स्थानीयको ठम्याइ छ ।

पुल निर्माण संघर्ष समितिका अध्यक्ष गोविन्द तिमल्सिनाले पुल निर्माणको काम  सुरु नभएसम्म अनसन जारी राख्ने जानकारी दिएका छन् । उनले सडक डिभिजन प्रमुख र ठेकेदार लाई कारबाही गर्न समेत माग गरेका छन् ।

null

पुल निर्माण गर्न पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा  सम्झौता गरेको थियो । सम्झौतामा  २०७६ असार ३१ गते पुल निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने थियो । तेस्रो पटक यही असार मसान्तसम्म सक्ने गरी म्याद थप भएको छ । 

थपिएको  म्यादमा निर्माण सम्पन्न नहुने भएपछि स्थानीय अनसनमा बसेका हुन् । सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा प्रसाद साहले सम्झौता मितिमा निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली अनुसार अनुसार डेढ वर्ष म्याद थप गरेका थिए ।

थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना महामारी,लकडाउन,बन्द हड्ताल देखाउँदै अलपत्र राखेको थियो । कोरोनाको कारण देखाउँदै दोस्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो  ।

अलपत्र पुलको पुन: तेस्रो पटकका लागि २०७९ असार सम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेन । ठेकेदारलाई काम सम्पन्न नगरेकोमा यसअघि नै स्पष्टीकरण सोधिएको  डिभिजन सडक कार्यलयको भनाइ छ ।  पुलको हाल सम्म ७५ प्रतिशत काम भएको बताइएको छ ।

ठेकेदारले आर्थिक र निर्माण सामग्रीको अभावको कारण देखाउँदै निर्माण सम्पन्न नभएको स्थानीयको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.