चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
जिउक्वान : चीनको शेन्झाउ-१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ। योसँगै यो यान प्रक्षेपणका लागि तयार रहेको छ।
जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रल जनाएको छ।
बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए। यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ। प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ।