महोत्तरी गाउँपालिकाको एनएमबी बैंक फिल्मी शैलीमा लुटियो
जनकपुरधाम : महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखामा कर्मचारी र ग्राहकलाई बन्धक बनाएर करिब ४० लाख रुपैयाँ लुटपाट गरिएको छ।
मंगलबार दिउँसो साढे १२ बजेको समयमा करिब ४० लाख रुपैयाँ लुटपाट भएको हो। प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराले बैंकबाट सो रकम लुटेर लगेका हुन्। सीसीटिभीमा देखिएको फुटेजमा लुटेराहरू चारै जनाको हातमा बन्दुक देखिन्छ।
उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि फिल्मी शैलीमा बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
सीसीटिभीमा चारजना लुटेरा देखिए पनि लुटपाटमा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ।