मोरङमा पिकअप दुर्घटना, चालकको मृत्यु

मोरङमा पिकअप दुर्घटना, चालकको मृत्यु
दुर्घटनाग्रस्त अवस्थामा भेटिएको पिकअप।
सुन्नुहोस्

विराटनगर : मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीमा मंगलबार राति पिकअप गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। 

केराबारी–राजारानी सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ज १७३६ नम्बरको खाली पिकअप राति ११:५५ बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा चालक केराबारी–२ का २८ वर्षीय मणि राईको मृत्यु भएको छ। 

राईको शव सडकबाट लगभग ७० फिटजति तल फेला परेको दाहालले बताए। स्थानीयले बुधबार बिहान घटनाको जानकारी दिएपछि प्रहरी टोली प्रहरीलाई पुगेको थियो। 

आफैँ अनियन्त्रित भएर पिकअप दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। पिकअप दुर्घटनाग्रस्त अवस्थामा सडकबाट लगभग ३ सय फिटजति तल भेटिएको थियो। 

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.