अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न सामग्री हस्तान्तरण
काठमाडौं : रसुवाको कालिका गाउँपालिका-५ मा रहेको जीवजीवे ग्रामीण अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्नका लागि सामग्री हस्तान्तरण गरिएको छ।
बागमती प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका मेडिकल अफिसर अमरदीप भारतीले बिहीबार सामग्री हस्तान्तरण गरेका हुन्। सामग्री निर्देशनालयले उपलब्ध गराएको हो।
यस सेवाले विशेषज्ञ सेवाको पहुँचमा पुग्न नसक्ने सेवाग्राहीहरूका लागि चाबिसै घन्टा भिडियो कन्फ्रेन्समार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श गरी बिरामीलाई यस अस्पतालमा थप उपचार गरी व्यवस्थापन गर्न सकिने र रिफर हुने बिरामीको दर कम गर्न सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए।
अस्पतालमा सामग्री ल्याउनका लागि कालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज न्यौपानेले विशेष पहल गरेका थिए।