पुँजीगत लाभकरलाई नै अन्तिम कर काय गर्न माग गर्दै सेयर लगानीकर्ता आन्दोलित

पुँजीगत लाभकरलाई नै अन्तिम कर काय गर्न माग गर्दै सेयर लगानीकर्ता आन्दोलित
सुन्नुहोस्

काठमाडौं : सेयर लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउँदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने,पुँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर,पश्चगामी करनीति खारेज गर,लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकवद्धता जनाउँदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । 

लगानीकर्ताको सम्पतीमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्धालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव समेत दिए।

उनले यस विषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए । यता अर्थमन्त्री डा .प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरू आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.