सातदोबाटोसँग हार्यो आर्मी

काठमाडौं : दीपेन्कराज सिंह ठकुरीको निर्णायक गोलप्रेरित सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई १–२ गोलको नतिजामा पराजित गरेको छ।
च्यासल रंगशालामा भएको खेलको दोस्रो मिनेटमै शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए।
नवयुग श्रेष्ठले २९औं मिनेटमा गोल गर्दै आर्मीलाई बराबरीमा फर्काएका थिए। पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको ६३औं मिनेटमा दीपेन्कले गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरे।
जितसँगै सातदोबाटो २४ खेलबाट ३२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ३० अंक जोडेको आर्मी नवौं स्थानमा छ।
आजै दशरथ रंगशालामा भएको खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबले १–१ गोलको बराबरी खेलेका छन्।
प्रतिक्रिया दिनुहोस !
