कैलाली र चितवनमा क्रिकेट मैदान निर्माण गर्न भारतसँग गम्भीर छलफल

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि भारतसँग गम्भीर छलफल भएको बताएका छन्।
आफ्नो चार दिने भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै सोमबार प्रचण्डले कैलाली र चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने विषयमा छलफल भएको जानकारी दिए।
‘कैलाली र चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण कार्य अगाडि बढाउने बारेमा पनि गम्भिर छलफल भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रतिक्रिया दिनुहोस !
