प्रेस लेखिएको गाडीमा अवैध सामान बरामद

प्रेस लेखिएको गाडीमा अवैध सामान बरामद
सुन्नुहोस्

ललितपुर : ललितपुर २६ चिवाहलमा सुरक्षा चेकजाचको क्रममा २० लाख बराबरको खैनी, गुट्खा लगायतका सामान प्रहरीले बरामद गरेको छ। गाडीको अगाडी ठूलो अक्षरमा प्रेस लेखेर टाँसिएको थियो। चेकजाचका क्रममा उनीहरुसँग अन्य व्यक्तिको मिति सकिएको प्रेस पास पनि भेटिएको छ। 

म्याद गुज्रेको प्रेस कार्ड बोकेर प्रेसको गाडी बनाएर गुटुका, खैनी, कत्था बोकेका एक भारतीयसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर  ललितपुरका प्रबक्ता नवराज कार्की का अनुसार पक्राउ पर्नेमा पिकअप चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४, डुम्बरवाना ३४ वर्षीय दीपकप्रसाद लामिछाने र पिकअपमा सवार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं. ११ बस्ने २८ वर्षीय सचिनकुमार चौरसिया रहेका छन्। 

उनीहरुको साथबाट पल टिभि नेपाल र पल अनलाइनखबर बाराको नाममा रहेको अन्य व्यक्तिको म्याद गुज्रेको प्रेस कार्ड समेत बरामद भएको छ। रामेश्वर भेटवाल, बाबुलाल अग्रवाल, रविन्द्र सुनारको नाममा रहेको प्रेस कार्ड प्रहरीले फेला पारेको हो। जुन २०७८ चैतमा नै मिति सकिएको छ। 

प्रवक्ता कार्की  भन्छन्, 'पक्राउ परेका व्यक्तिहरु व्यापारी भएको खुलेको छ। उनीहरुले प्रहरीको चेकजाचको क्रममा पक्राउ परिने डरले प्रेस कार्ड बोकेको अनुसन्धानका क्रममा खुलेको छ। उनीहरु पत्रकार भने हैनन्। फोटो र नाम नै मिल्दैन। सुरक्षा चेकजाचको क्रममा प्रेसको सामान हो भनेर उनीहरु पन्छिएका थिए। प्रहरीले कुन प्रेसको के सामान ? भनेर खोजी गर्ने क्रममा बिल नभएको सामान फेला पारेको हो।' 

प्रहरी वृत्त चापागाउँबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो। बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खा, रेडबुल, कत्थालगायत सामान बरामद गरेको हो। बजार दर अनुसार यो सामानको रकम गरी अन्दाजी २० लाख ७३ हजार ५९० बराबरको छ। 

बागमती प्रदेश ०१–०२६ च ८९८० नम्बरको  कालो गाडीबाट ती सामान बरामद गरिएको प्रहरीले जानकारी दियो। प्रहरीका अनुसार बरामद सामान भारतीय सिमा नाका हुँदै हेटौंडा र काठमाडौं ल्याइएको थियो। पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहर भवन, पुल्चोक पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.