लिभिङ थिङ्स डिजाइनले भारतमा 'बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर-२०२३' अवार्ड पायो

काठमाडौं : लिभिङ थिङ्स डिजाइनले 'बेस्ट रेसिडेन्सियल इन्टेरियर डिजाइनर इन नेपाल'अर्वाड पाएको छ। मेरिट अवार्ड्स एण्ड मार्केट रिसर्च (एम ए एम आर) को फर्म्स विधामा लिभिङ थिङ्स डिजाइनले उक्त अवार्ड पाएको हो।
दिल्लीमा आयोजित समारोहमा लिभिङ थिङ्स डिजाइनका प्रबन्धक निर्देशक शशि भुपाल सिंहले उक्त अवार्ड ग्रहण गरेका हुन्। सिंह व्यक्तिगत विधामा 'बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर-२३ नेपाल' उपाधिबाट सम्मानित भएका हुन्।
अवार्ड पाएपछि डिजाइन र आर्टिटेक्चरको क्षेत्रमा काम गर्नका लागि थप हौसला मिलेको सिंहले बताए। उनले भने,' यो अर्वाडले नेपालका डिजाइनर र आर्किटेक्चरहरूलाई थप हौसला मिल्नेछ।'
एम ए एम आरले वास्तुकार र डिजाइन अवार्ड २०२३ को सातौं संस्करणमा दुई फरक विधामा व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेको हो। यसअघि 'एम ए एम आर'व्यक्ति र फर्महरूलाई मनोनयन र पुरस्कार दिँदै आएको थियो।
एम ए एम आरले यसवर्ष नेपालका केही कम्पनीलाई समेत समेटेको छ। देशभित्र हुने अवार्ड उनीहरूले अन्तरार्ष्ट्रियकरण गरेका हुन्। लिभिङ थिङ्स डिजाइन काठमाडौंको महाराजगन्जमा छ। यो वास्तुकला र आन्तरिक डिजाइन/ निर्माण कम्पनी हो। सन् २०१२ मा यसको स्थापना भएको हो।
प्रत्येक वर्ष एम ए एम आरले अनुसन्धान, वास्तुकला, डिजाइनलगायत विभिन्न क्षेत्रका लागि पुरस्कार मनोनयन गर्दछ।
प्रतिक्रिया दिनुहोस !
