महेन्द्र बहुमुखी क्याम्पसका शिक्षक मृत फेला

नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका शिक्षक मृतावस्थामा फेला परेका छन्।
अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जंगलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार रेग्मी सोमबार बिहान १० बजेदेखि परिवारबाट सम्पर्कविहीन थिए। उनी परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई गरेको खबरअनुसार खोजीकार्य जारी राख्दा उक्त जंगलमा आज बिहान ९ बजे जलेको अवस्थामा मृत भेटिएका हुन्।
रेग्मीको शवलाई परीक्षणका लागि भेरी अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
