मुर्रालाई मजाक बनाउँदा पशु सेवा विभाग दुखी

मुर्रालाई मजाक बनाउँदा पशु सेवा विभाग दुखी

काठमाडौं : नेपालमा मुर्रा जातको भैँसी कहिलेदेखि भित्रियो भन्ने आधिकारिक अभिलेख छैन। २०३२/२०३३ सालमा ‘नेपाल कृषि वर्ष‘ मनाएको थियो। त्यसै बेला ठूलो संख्यामा मुर्रा भैँसी तथा राँगा, साँढे, जमुनापारी बोकाहरू भित्रिएको हुनसक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ। त्यसैबेलादेखि किसान स्तरमा ठाउँ ठाउँमा मुर्रा भैँसी बाँडिएको विभागका प्रवक्ता डा. चन्द्र ढकाल बताउँछन्।

तर भारतबाट आउने मुर्राहरू नेपालमा रहेको भन्दा उत्कृष्ट खालका छन्। ढकालका अनुसार नेपालमा पहिलादेखि नै स्थानीय जातका मुर्राबाट छनौट गरेर उच्च क्षमताका माउबाट जन्मेका बच्चाहरूलाई राखिदै आएको थियो। स्वास्थ्य र प्रजनन क्षमता हेरेर तिनीहरूबाट वीर्य संकलन गरिन्थ्यो।

महिना दिनभित्र ल्याउने अपेक्षा 

पशु सेवा विभागले तीनवटा निकायमार्फत् वार्षिक आठ लाख कृतिम गर्भाधारण गर्दैआएको थियो। अहिले पनि सवा दुई लाख वीर्य उत्पादन गरेर उपलब्ध गराइरहेका थियो। भारतबाट उच्च उन्नत जातको आउने भएपछि उत्साह थपिएको बताए। तर हालः ल्याइने मुर्रा उच्च गुणस्तरको हुनेछन्। नेपालका विज्ञका टोलीले त्यहाँ गएर कति गुणस्तरवान् हुने भन्ने हेर्नेछन्। मुर्रा भैँसीको महत्व नबुझी जथाभाबी आलोचना हुँदैआएको भन्दै ढकालले गुनासो गरे। 

‘मुर्रालाई मजाकको विषय नबनाइदिनु। गाउँले अर्थतन्त्रसँग जोडिएको छ। यो एकदमै संवेदनशील छ। खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रसँग जोडिएको विषय हो,’ उनले थपे,  ‘समग्र गाउँले किसानको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याइएको हो। नितान्त प्राविधिक विषय हो।’ गाईभैँसी ‘लो प्रोफाइल’को ब्यापार भएकाले मजाक बनाइएको र त्यसले गाईभैँसीको नजिकमा काम गर्नेहरूको चित्त दुखेको बताए। 

नेपाल २०७३ सालबाटै मुर्रा ल्याउन प्रयासरत 
उनका अनुसार नेपालमा २०७३ सालदेखि नै मुर्रा भैँसी ल्याउने प्रयास हुँदैआएको हो। यस विषयमा विभिन्न चरणमा छलफल भए। भइरहेको भन्दा उन्नत बीउ ल्याउने जोड लामो समय भयो। तर नियमित प्रक्रियामार्फत् मिलाउने प्रयास असफल थियो। 

सार्वजनिक खरिद ऐनअनुसार टेन्डर गर्नुपर्ने, जेनेटिक बीउहरूको सजह ल्याउन तथा किन्न नपाइने, मूल्य तोकिएको नहुने, प्लेन चार्टर गर्नुपर्ने, क्वारेन्टाइन प्रक्रिया पूरा गर्नुपर्ने, पटक-पटक जाँच गर्नुपर्नेलगायतका अनेकौं असहजता भएको ढकालले बताए। मुर्राका मूल्य उसको उत्पादनका आधारमा हुन्छ। 

त्यसैले दाता तथा निजी संस्थासँग पहलका लागि कुरा गरिँदै आएको थियो। तर  विगतमा बोका, भेडा, कुखुरा ल्याउन सहज भए पनि साँढे ल्याउन पनि समस्या भयो। लामो प्रयासपछि अमेरिकाबाट गत वर्ष ६ वटा साँढे ल्याउन सफल भएको उनले बताए। 

भारत र पाकिस्तान मुर्रा पाइने प्रमुख क्षेत्र हुन्। गुजरात, हरियानातिर शुद्ध जातका मुर्रा भैँसी पाइने भएकाले त्यहीबाट ल्याउन लामो समयदेखि प्रयास गरिरएको थियो। 
ढकालले भने, ‘उन्नत नश्ल, उच्च प्रजनन क्षमता, उत्कृष्ट २० भित्रका राँगा भारत सरकारले सहयोग स्वरुप उपलब्ध गराएको हो।’ ती राँगाहरू नेपाल ल्याएपछि राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन हुन्छन्। विशेष व्यवस्थापनमा पालनपोषण गरिन्छ। यिनीहरूबाट वीर्य संकलन गरेर कृतिम गर्भाधारणका लागि किसान किसानलाई निशुल्क पठाइनेछ उनको भनाइ छ। 

करिब दश वर्षपछि यिनीहरूलाई प्रतिस्थापन गरिनुपर्छ। भएकालाई हटाएर उन्नत जातको भित्र्याउनुपर्ने हुन्छ। निश्चित समयपछि तिनीहरूबाट पनि उन्नत जात ननिस्कन सक्छन्। त्यसको निरन्तर अनुगमन गरिन्छ। नश्ल सुधार र विकास प्रयोजनका लागि ल्याइने भएकाले प्रजनन र मात्राका आधारमा वीर्य संकलन गरिन्छ। 

ढकालले भने, ‘उत्कृष्ट जात छान्नका लागि राँगाबाट जन्मिएका पाडीले प्रतिवेतमा कति उत्पादन दिएका छन्। त्यो हेरिन्छ। चार हजार लिटरभन्दा बढी दुध दिने पाडीको बाउलाई मात्र छानिन्छ।’

नेपालमा पाइने मुर्राको प्रतिवेतमा १५ सय लिटर उत्पादन छ। सरकारी फार्ममा उत्पादन गरिएको मुर्राको २२-२३ सयको हाराहारीमा उत्पादन छ। भारतबाट आउने मुर्राको चार हजारभन्दा बढी उत्पादन हुनेछ। मुर्रा नेपालसम्म ल्याउनका लागि परराष्ट्र मन्त्रालय तथा कृषि तथा पशुपन्छी मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ। अर्थ मन्त्रालयबाट खर्चको पहल गरिने छ। विज्ञहरू गएर हेर्ने, सीमासम्म ल्याउने, त्यहाँबाट पशु प्रजनन कार्यालयसम्म पुर्‍याउन लाग्ने खर्चको विषयमा पहल भइरहेको छ। करिब एक, डेढ महिनामा ती राँगाहरू नेपाल ल्याइने विश्वास रहेको उनले बताए ।
 
नार्कका वैज्ञानिक भन्छन्, ‘जीन पत्ता लगाउन जिन्दगी बित्छ’
राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिक डा. सरोज सापकोटाका अनुसार नेपालमा पहिलादेखि नै मुर्रा भैँसी पाइन्थे। तर नेपालमा पाइने मुर्राहरू वैध च्यानलबाट आएका होइनन्। ठेकेदारहरूले बोर्डरबाट अवैधानिक तरिकाले भित्र्याएको हुन्थे। त्यस्ता भैँसी कुन बाउबाट जन्मए र तिनीहरूका आमा कुन हुन् भन्ने विषयमा तथ्यांक थिएन। त्यसैले उच्च प्रजनन र नश्लका हुन या हैनन् भन्ने निश्चित थिएन। ती मुर्राबाट क्रसबीड भएका जातहरू थिए। 

‘पहिला नेपालमा पाइने मुर्राबाट जन्मिने पाडा पाडीहरू राम्रा हुन्छन् भन्ने निश्चित थिएन,’ सापकोटाले भने, ‘भारतबाट आउने राँगोबाट जन्मिने पाडापाडीहरू राम्रा हुन्छन् भनेर निश्चित भयो। उत्पादन राम्रो हुने भयो।’ 

एउटा जीन पत्ता लगाउन पचास, साठी वर्ष पनि लाग्छ। कसैको जिन्दगी नै जान्छ। एकपटक ब्याएपछि अर्को पटक ब्याउने अवधि भैँसीमा लामो हुन्छ। धेरै वटा पुस्ता हेर्नुपर्ने हुन्छ। आमाबाउभन्दा फरक देखिएकालाई हटाउँदै, राम्रोलाई मात्र छनौट गर्नुपर्छ। पुस्तौं पुस्ताको अनुसन्धानपछि मात्रै उच्च नश्ल र प्रजनन क्षमताका जात पत्ता लगाउन सकिन्छ। सरकारको सहयोग बिना यो काम गर्न सकिन्न। अनुसन्धानका लागि बजेट र धैर्यता चाहिन्छ। 

रैथाने चीज मूल्यवान
भारतको नीतिले आफ्ना आनुवंशिक स्रोतहरू (जेनेटिक रिसोर्सेस) अरुलाई उपलब्ध गराउँदैन। त्यसैले मुर्रा भैँसी ल्याउने विषय संवेदनशील भएको जनाए। 
‘पशु होस् या कुनै पनि कुरा, आफ्नो देशको आनुवंशिक स्रोतहरू कसैलाई दिइँदैन। विश्वको प्रसिद्ध जात भयो मुर्रा। दुध उत्पादनमा यो सबैभन्दा उच्च हो। सबैभन्दा राम्रो चीजलाई सजिलै कस्ले दिन्छ र।’ त्यसैले नेपालमा धेरै ब्यापक हल्ला बनेको उनले जनाए। 

मुर्राभित्र सामान्य प्रजातिका २,४ लिटरमात्रै दुध दिने खालका पनि हुन्छन्। त्यसैले कुन जीन पत्ता लगाउनु महत्वपूर्ण मानिने उनले बताए। मुर्रा अलि ठूलो आकार, कालो रंग र सिंग एकदमै घुम्रिएको हुन्छ। 

आमाको जस्तै पोषिलो दुध
सापकोटाका अनुसार मुर्रा भैँसीबाट पाइने दुधको विषयमा भारतमा अध्ययन गरिएको छ। तर नेपालमा भने अनुसन्धान भएको छैन। भारतमा भएका अध्ययनहरुले मुर्रा जातका भैँसीबाट आमाको जस्तै पोषिलो दुध (ए २ प्रोटिन) भएको पाइन्छ। (ए २)  दुध मानव स्वास्थ्यका लागि लाभदायी मानिन्छ। बच्चाका वृद्धिविकासमा थप सहयोग पुर्‍याउँछ। 
तर नेपालमा यस्ता विषयमा अनुसन्धान भएको नभएको सापकोटाले बताए ।

नेपालसँग छन् २६ रैथाने ब्रीड
नेपालमा पनि २६ प्रजातिका रैथाने ब्रीड छन्। गाईमा सात वटा, भैँसीमा चार वटा, भेडा चार, बाख्रामा चार, बंगुरमा तीन, कुखुरामा तीन र घोडामा एक वटा गरेर विभिन्न जातका छन्। 

सबैमा आफ्नो विषेश गुणहरू छन्। हरेक देशको रैथाने चीजलाई संरक्षण गरेर प्रवर्द्धन गर्ने र प्रयोगमा ल्याउने गर्छन्। त्यसको महत्व एकदमै मूल्यवान मानिन्छ। सापकोटाका अनुसार नेपालमा जम्मा तीन प्रजातिका भैँसी पाइन्थे। लिमे, पार्कोटे र गडडी जातका। हालः तराईतिर पाल्नेलाई तराई जातको नामले चिनिन्छ। चार रैथाने प्रजाति छन् अहिले। 
पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा, भैँसी छन्। तर कानुनी तरिकाले नभई अन्य कुनै तरिकाले आएका। तीमध्येका उच्च प्रजनन क्षमता भएकाबाट वीर्य छनौट गरिँदै आएको छ। 

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले सन् २०१७ मा प्रकाशन गरेको अध्ययनमा नेपालमा एकदमै महत्वपूर्ण पशुधनका रूपमा भैँसीलाई मानिन्छ। नेपालमा झन्डै ५.२ मिलियन भैँसी रहेको र त्यसले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याएको उल्लेख छ। भैँसीबाट मात्रै करिब ६७.७ प्रतिशत दुध र ५७.४ प्रतिशत मासु उपलब्ध हुँदै आएको छ।
 
जथाभाबी भैँसी काट्ने गर्दा रैथाने प्रजाति पनि जोखिममा परेको जनाइएको छ। लिमे, पार्कोटे र गड्डी जातको भैँसीमा रोग प्रतिरोधातमक क्षमता धेरै भएको, पोषणयुक्त मासु तथा दुध उपलब्ध गराउँदै आएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.