निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय बैठक सुरु

निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय बैठक सुरु
तस्बिर : अभिषेक महर्जन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो ।

काठमाडौंः निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोगले सर्वदलीय बैठक बोलाएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट ७७ वटै जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ ।

यसअघि आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ ।

बुधबार संसद बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.