बन्द उद्योगमा सरकार उदासीन
देशको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा दिनसक्ने यस्ता उद्योग भग्नावशेष अवस्थामा पुग्ने र भएका उद्योगहरू पनि बन्द हुँदै जाने हो भने देशले थप आर्थिक संकट व्यहोर्नुपर्ने हुन्छ।
देशका पुराना र ठूला सरकारी उद्योगहरू प्रायः बन्द भइसकेका छन्। सञ्चालनमा रहेका उद्योगहरू पनि जीर्ण अवस्थामा छन्। देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण टेवा दिनसक्ने उद्योगहरू धमाधम बन्द हुँदै गर्दा सञ्चालनमा रहेका उद्योगहरू पनि प्रायः घाटामा छन्। महत्त्वपूर्ण उदाहरण हो, सिन्धुपाल्चोकको बलेफीस्थित लामोसाँघुमा स्थापित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग। जबकि जर्मन कम्पनी ग्रान्डस्टक टेक्निकलको सहयोगमा खानी विभागले स्थापनाकालमै १० वर्ष लगाएर गरेको खानीको विस्तृत अध्ययनअनुसार खरीढुंगा क्षेत्रका दुई खानीमा ३० करोड टन म्याग्नेसाइट रहेको अनुमान छ। जबकि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा उक्त उद्योगमा २ सय ५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरी रहेको पनि अध्ययन प्रतिवेदन छ।
तर, यो उद्योगलाई पनि राज्यले टिकाउन सकेन। उद्योग सञ्चालन गर्न सके वार्षिक अर्बौं रुपैयाँको म्याग्नेसाइटको उत्पादन विश्व बजारमा निर्यात गर्न सकिन्छ। नेपाली म्याग्नेसाइटले बजार लिँदा चीन, भारत र बंगलादेशको उत्पादनलाई समस्यामा पारेको थियो। उद्योगबाट वार्षिक ३ अर्ब ११ करोड रुपैयाँबराबरको उत्पादन बिक्री गर्न सकिने अवस्था थियो। ८३ प्रतिशत सेयरको मालिक नेपाल सरकारले चाहेमा जतिबेला पनि यो उद्योग सञ्चालन हुन सक्छ। कम्पनीप्रति सरकारको धारणा स्पष्ट नभएका कारण कारखाना बन्द भएको हो। बलियो सम्भावना भएर पनि सरकार भने यो उद्योग पुनः सञ्चालन गर्ने मनस्थितिमा छैन। कुनै समय दक्षिण एसियाकै ठूलो यो म्याग्नेसाइट उद्योगको अहिले भग्नावशेष मात्रै भेटिन्छ। विगत २५ वर्षदेखि यो पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चोक हुँदै दोलखासम्म फैलिएको यो उद्योग राजनीतिक र व्यापारिक स्वार्थको सिकारका कारण भग्नावशेष अवस्थामा पुगेको हो।
उद्योग पुनः सञ्चालन गरिनुपर्ने आवाज संसद्मा पनि उठेको छ। विश्व बजारमा म्याग्नेसाइट उद्योगबाट उत्पादन हुने डेड बन्र्ट म्याग्नेसाइटको माग उच्च छ। जसका कारण उद्योग सञ्चालनका लागि अधिग्रहण गरेको ५ हजार ५ सय ६६ रोपनी जमिनसमेत अलपत्र छ। सरकार र खेतान समूहबीचको अदूरदर्शी नीतिका कारण ओरियन्ट म्याग्नेसाइट बन्द हुन पुगेको थियो। राजनीति र कुनै समूहको स्वार्थभन्दा माथि उठेर यो र मुलुकभरका यस्तै दर्जनौं अन्य किसिमका उद्योग पुनः सञ्चालन गर्नेतर्फ राज्य गम्भीर हुनुपर्छ। देशको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा दिनसक्ने यस्ता उद्योग भग्नावशेष अवस्थामा पुग्ने र भएका उद्योगहरू पनि बन्द हुँदै जाने हो भने देशले थप आर्थिक संकट व्यहोर्नुपर्ने हुन्छ।
देशका पुराना र ठूला सरकारी उद्योगहरू प्रायः बन्द भइसकेका छन्। सञ्चालनमा रहेका उद्योगहरू पनि जीर्ण अवस्थामा छन्। देशको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा दिनसक्ने उद्योगहरू धमाधम बन्द हुँदै गर्दा सञ्चालनमा रहेका उद्योगहरू पनि प्रायः घाटामा छन्। महत्त्वपूर्ण उदाहरण हो, सिन्धुपाल्चोकको बलेफीस्थित लामोसाँघुमा स्थापित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग। जबकि जर्मन कम्पनी ग्रान्डस्टक टेक्निकलको सहयोगमा खानी विभागले स्थापनाकालमै १० वर्ष लगाएर गरेको खानीको विस्तृत अध्ययनअनुसार खरीढुंगा क्षेत्रका दुई खानीमा ३० करोड टन म्याग्नेसाइट रहेको अनुमान छ। जबकि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा उक्त उद्योगमा २ सय ५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरी रहेको पनि अध्ययन प्रतिवेदन छ।