च्छोरोल्पामा प्रत्येक दिन इन्डोस्कोपी हुने
दोलखा : च्छो-रोल्पा जनरल अस्पतालले दैनिक रूपमा इन्डोस्कोपी सेवा दिन सुरु गरेको छ।
जिल्लामा नै पहिलो पटक २०७९ फागुन ४ गते अस्पतालले आफ्नो १७औं वार्षिक उत्सवका अवसरमा इन्डोस्कोपी शिविर आयोजना गरी सेवा सुरु गरेको थियो।
न्यून शुल्कमा इन्डोस्कोपी, कोलोनोस्कोपी सेवाले आम सेवाग्राहीलाई सहज हुने र यो सेवालाई निरन्तरता दिने अस्पतालको प्रतिबद्धतासँगै प्रत्येक महिनाको अन्तिम शनिबार त्रिभुवन विश्व विद्यालयका जनरल सर्जन डाक्टर रोमी दहालबाट इन्डोस्कोपी सेवा दिँदै आएको अस्पतालले हाल दैनिक इन्डोस्कोपी सेवा दिन सुरु गरेको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगाल इन्डोस्कोपी तालिम प्राप्त भएपछि नियमति सेवा दिन लागिएको च्छो-रोल्पा जनरल अस्पतालका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठले बताए।
अस्पतालले इन्डोस्कोपी सेवा दिन सुरु गरेसँगै हालसम्म १ सय जानभन्दा बढीले सेवा लिइसकेका छन्। सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै दैनिकरूपमा इन्डोस्कोपी सेवा सुरु हुँदा बिरामीलाई सहज हुने मेडिकल डा. दंगालको भनाइ छ।