गण्डकीमा साढे ३३ अर्बको बजेट (पूर्णपाठ)

गण्डकीमा साढे ३३ अर्बको बजेट (पूर्णपाठ)
सुन्नुहोस्

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ। 

आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदेश सभामा शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा आउँदो वर्षको बजेट कम्ती आएको छ। संघीय सरकारले प्रदेशको अनुदान कटौती गरेकाले बजेट आकार पनि घटेको हो। चालु आवमा गण्डकीको बजेट ३५ अर्ब ९० लाख रुपैयाँको थियो। 

‘प्रदेशको आन्तरिक राजस्व अपेक्षित रुपमा विस्तार हुन नसकेको, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानको माध्यमबाट प्राप्त हुने वित्तीय हस्तान्तरण विगतको वर्षभन्दा घट्न गएको कारणले आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षभन्दा केही साँघुरो हुन पुगेको छ,’ अर्थमन्त्री आलेले भने। 

अर्थमन्त्री आलेले पुँजीगत तर्फ २० अर्ब १९ करोड र चालुतर्फ १२ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेका छन्। पुँजीगततर्फको सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधारमा छ। भौतिक पूर्वाधार शीर्षकमा ११ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। मन्त्री आलेले सडक, सडक पुल र झोलुंगे पुल निर्माणका लागि ११ अर्ब १६ करोड बजेट विनियोजन गरेका जानकारी दिए। 

आउँदो वर्ष थप ३ सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुंगे पुल निर्माण हुने अर्थमन्त्री आलेले सुनाए। मन्त्रालयले आगामी वर्षको योजनामा न्यूनतम ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आलोचनका बीच पनि सांसदहरूलाई सरकारले बजेट विनियोजन गरेको छ। सांसदहरूका योजनाका लागि भनेर पूर्वाधार विकास कार्यक्रमका नाममा अर्थमन्त्री आलेले ७२ करोड रुपैयाँ विनियोजन गरेका छन्। 

गण्डकीमा ३६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रत्येक निर्वाचन क्षेत्रका लागि २ करोड रुपैयाँ पर्ने गरी त्यति बजेट विनियोजन भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.