‘सुस्त महामारीका रूपमा देखिदै एन्टिबायोटिक’

‘सुस्त महामारीका रूपमा देखिदै एन्टिबायोटिक’
सुन्नुहोस्

काठमाडौंः अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ। यसले आगामी केही समयमा विश्वभर ठूलो महामारीको रुप लिने अधिकारीहरूले औल्याएका हुन्। 

एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन्। विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा लुम्बिनी प्रदेशमा भएको पत्रकार अवेयरनेश कार्यक्रममा विज्ञहरूले एन्टिबायोटिकको अवस्था राम्रो नभएको बताए।

सो औषधिको जथाभावी प्रयोग, मनलाग्दी रूपमा भएको खरिद, कृर्षी, पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुँदा एन्टिबायोटिकले काम गर्न छाडेको हो। काम गरेका औषधिकहरू पनि निकै महंगो र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताए। 

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. जनार्दन पन्थीले विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये एक एन्टिबायोटिक भएको बताए। विश्व स्वास्थ्य संगठनले पनि यो विषय उल्लेख गरेको छ। 

आम नागरिकमा एन्टिबायोटिकको असर बारे कुनै पनि अवेयरनेश कार्यक्रम नभएको अवस्थामा स्वास्थ्या तथा जनसंख्याले मन्त्रालय र युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस (एमट्याप्स) ले नेपालमा पहिलोपटक पत्रकारहरूसँग यस विषयमा छलफल चलाएको छ।

युएसएआइडी एमट्याप्स परियोजनाका सिसियर टेक्निकल एड्भाइजर डा सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए।

युएसएआइडी एमट्याप्सका एएमआर मिडिया कन्सल्टेन्ट पत्रकार अर्जुन अधिकारीले एएमआरमा खोज पत्रकारिता गर्न आवश्यक भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.