दोस्रो राष्ट्रिय डुंगा प्रतियोगिताको उपाधि सुनसरीलाई

दोस्रो राष्ट्रिय डुंगा प्रतियोगिताको उपाधि सुनसरीलाई
सुन्नुहोस्

रामेछाप : नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल नजिकै आयोजना गरिएको दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) प्रतियोगिताको उपाधि सुनसरी ‘के’ ले जितेको छ। 

डबलतर्फ सुनसरी जिल्ला ‘के’ ले २ मिनेट ३२ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेको हो। त्यसैगरी डबलतर्फ रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथबे २ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी द्वित्तीय भएको छ भने सुनसरी ‘बि’ ले २ मिनेट ४१ सेकेण्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरेको छ।

त्यसैगरी सिङ्गलतर्फ सुनसरी ‘ए’ ले ३ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरी प्रथम भएको छ भने सुनसरी ‘सि’ ३ मिनेट ३२ सेकेण्डमा दूरी पूरा गरी द्वित्तीय र रामेछापको त्रिवेणी क्लबले ३ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएको बालकृषण माझीले जानकारी दिए।

डबलतर्फ ४ जना र सिङ्गलतर्फ २ जनाको समूह रहेको थियो। डबलतर्फ प्रथम हुने समूहले ४० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वित्तीयले ३० हजार र तृतीयले २० हजार र प्रमाण–पत्र पाएका छन्।

त्यसैगरी सिङ्गलतर्फ प्रथम पुरस्कार नगद ३० हजार र प्रमाणपत्र रहेको थियो भने द्वित्तीय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको थियो। 

राष्ट्रिय खेलकुद परिषद र मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल माझी उत्थान संघ रामेछाप र न्यू स्टार युवा क्लब मन्थली–६ कुनौरीद्वारा आयोजित १ दिने प्रतियोगितामा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, सर्लाही र सुनसरी जिल्लाका गरी डबलतर्फ ३५ र सिङ्गलतर्फ ३१ गरी ६६ टिम खेलाडीको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.