यूएसएआईडीको कृषि उच्च शिक्षा कार्यक्रम

यूएसएआईडीको कृषि उच्च शिक्षा कार्यक्रम
सुन्नुहोस्

चितवन : कृषिमा आधुनिकीकरण र उद्यमशीलतामा चलायमान बनाउन चितवनको कृषि तथा वन विश्वविद्यालयमा कृषि उच्च शिक्षाको कार्यक्रम सुरुवात गरिएको छ। अमेरिकी दातृ निकायले विश्वविद्यालयसँगको साझेदारीमा ‘युूएसएआईडी कृषि उच्च शिक्षा’ कार्यक्रम सुरु गरेको हो।

शैक्षिक, अनुसन्धान र विस्तारको क्षमतालाई सुदृढ गरेर नेपालको कृषि रूपान्तरणमा कृषिका विद्यार्थीलाई उद्यमशील बनाउन कार्यक्रम सुरुवात गरिएको नेपालका लागी यूएसएआइडीका प्रोजेक्ट डाइरेक्टर प्राध्यापक डा. नरकाजी गुरुङले बताए। कृषि विश्वविद्यालयको पाठ्यक्रमलाई सुधार गरेर अन्तर्राष्ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको डा. गुरुङको भनाइ छ। ‘विद्यार्थीलाई रोजगार बनाउने हो। कृषि पढेपछि काम माग्ने होइन काम दिने क्षमताको बनाउने हो,’ डा. गुरुङले भने, ‘सीप सिकाएर उद्यमशीलता बनाउने पाठ्यक्रम हुनेछ। अब जागिर खोज्ने होइन जागिर दिने अवस्थामा विद्यार्थी पुर्‍याउने हो।’ उनले किसानको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्न टेवा पुग्ने दाबी गरे।

कृषिका विद्यार्थी विदेश पलाएन हुने अवस्था छ। उनीहरूलाई स्वदेशमा उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशीलता विकासमा प्रोत्साहन गर्न साझेदारी गरिएको छ। कृषि र वन विज्ञान शिक्षामा सैद्धान्तिकभन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन-पाठनमा केन्द्रित गरिने बताइएको छ। महिलाका लागि पनि कार्यक्रम लक्षित गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपछि डा. पुण्यप्रसाद रेग्मीले भने कार्यक्रमले विद्यार्थीको उद्यमशीलतामा प्रभाव पर्ने दाबी गरेका छन्। ‘पुरानै शैलीको पाठ्यक्रमले कृषिको आधुनिकीकरणमा सोचे अनुसारको प्रभाव परेन।

अब केही फरक पक्कै हुनेछ,’ उनले भने,‘ अन्य देशको अनुभव र हाम्रा कृषिको अनुसन्धान र शिक्षण विधिलाई सुदृढीकरण गरी कृषि तथा वन विश्व विद्यालयको क्षमता अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि पाँच वर्षीय योजना अघि बढेको हो।’ यूएसएआईडीले अमेरिकाको टस्किगी विश्वविद्यालयलाई नेपाली साझेदार सत्गुरु इन्कर्पोरिटेडसँग सहकार्य गरिएको छ। यूएसएआईडीका एजेन्सी काउन्सेलर क्लिन्टन ह्वाइटले कृषि उच्च शिक्षाको सुरुवातले उत्साहित भएको बताए। ‘यो साझेदारीले सबलता, अनुभव र विज्ञताको एक अद्वितीय संग्रह ल्याउनेछ,’ क्लिन्टनले भने, ‘कृषि अनुसन्धान तथा विस्तारको सुदृढीकरणमा योगदान पुर्‍याउनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.