स्वास्थ्य लगानी हो, खर्च होइन : सुमना श्रेष्ठ
श्रेष्ठले भनिन्, ‘स्वास्थ्य भन्नेबित्तिकै अस्पताल र डाक्टर मात्रै होइन । रोकथाम र उपचार पनि स्वास्थ्य हो । स्वास्थ्य भनेको लगानी हो, खर्च होइन ।’
काठमाडौंः प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सरकारले लगानीको विस्तार गर्न आवश्यक रहेको बताएकी छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् श्रेष्ठले सरकारले स्वास्थ्य सेवामा लगानी भित्र्याउनुपर्ने बताएकी हुन् ।
श्रेष्ठले भनिन्, ‘स्वास्थ्य भन्नेबित्तिकै अस्पताल र डाक्टर मात्रै होइन । रोकथाम र उपचार पनि स्वास्थ्य हो । स्वास्थ्य भनेको लगानी हो, खर्च होइन ।’
श्रेष्ठले नर्स अहिले पनि न्यून तलबमा काम गर्न बाध्य रहेको बताइन् । श्रेष्ठले भनिन्, ‘नर्सहरुलाई महिनामा १५ हजार तलब दिएर राख्छौं अनी विदेशिंदैनन् त । त्यही १५ हजार तलब पनि तीन तीन महिनादेखि उपलब्ध गराइएको छैन । प्रजनन दर घट्दै गएको छ कारण के हो ? ’
श्रेष्ठले भनिन्, ‘यदी आइसीयूमा उचित संक्रमण नियन्त्रण पालना गरिदैंन भने जति सुकै राम्रो डाक्टर होस् अब्बल डाक्टर होस् विश्व प्रसिद्ध होस् सर्जरीको आउटकम त त्यही नै हुन्छ । गुलियो खानेकुराको उपभोग घटाउन स्वास्थ्यवर्द्धक खानेकुरामा सबैको पहुँच पुर्याउन खाद्य उद्योगसँग सहकार्य गर्नुपर्थ्यो। ’