सप्तरी प्रिमियर लिग : उद्घाटन खेलमा रुपनी राइडर्स विजयी

सप्तरी प्रिमियर लिग : उद्घाटन खेलमा रुपनी राइडर्स विजयी

राजविराज : फिर्दोश अन्सारीको अलराउण्ड प्रदर्शनले आइतबारबाट राजविराजमा सुरु भएको  सप्तरी प्रिमियर लिग खेलमा रुपनी राइडर्सको विजयी यात्रा आरम्भ भएको छ।

सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १९ रन मात्र खर्चिएका अन्सारीले सर्वाधिक ६१ रन समेत बनाए। प्लेयर अफ द म्याच घोषित अन्सारीले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। 

जम्मा ३१ रनमा ३ विकेट गुमाएको अवस्थामा अन्सारी र रोहन बिकले चौंथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै खेल उकासेका थिए। अन्सारीको अलराउण्ड प्रदर्शनका कारण सप्तरी क्रिकेट संघले आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको हो। 

रुपनी राइडर्सले दिएको १५१ रनको लक्ष्य पछ्याएको राजविराज द किंग्सले पुरै २० ओभर ब्याटिंग गरे पनि ८ विकेट क्षतीमा १३५ रन मात्र बटुल्न सक्यो। राजविराज द किंग्सको लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए।  तृतराज दासले ३३ तथा अविषेक कार्कीले २९ रन बनाए पनि जित्न पर्याप्त भएन। 

त्यसअघि टस हारेर ब्याटिंग गरेको रुपनीले २० ओभरमा ६ विकेट गुमाई १५० रन बनायो। फिर्दोश अन्सारीले सर्वाधिक ६१, रोहन बिकले ३३ र विकास दासले २० रन बनाए। 

राजविराजको बलिंगमा बिक्रम सोबले २ विकेट तथा दिपेश सरदार, तृत राज दास र सोहेल खानले १/१ विकेट लिए। प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेल रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसोको खेल छिन्नमस्ता लायन्स र बजाज खडक वारियर्स बीच प्रतिस्पर्धा हुनेछ।    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.