रसुवाको जीवजीवेमा माइनर सर्जिकल क्याम्प
काठमाडौं : रसुवास्थित जीवजीवे ग्रामीण अस्पतालमा माइनर सर्जिकल क्याम्प सञ्चालन गरिएको छ। कालिका गाउँपालिकाको स्वास्थ्य शाखाले क्याम्प सञ्चालन गरेको हो।
दुई दिन सञ्चालन हुने क्याप्प बुधबारबाट सुरु भएको हो। पहिलो ३० जनाले सेवा लिएका छन्। तीमध्ये १५ जनाको माइनर सर्जरी गरिएको छ। १२ जनालाई नुवाकोटस्थित त्रिशूली अस्पतालमा रिफर गरिएको छ। शिविर बिहीबार पनि सञ्चालन हुने छ।
क्याम्पमा हाइड्रोसिल, सिष्ट, कर्न, फाइसोसिस लगायतका सेवा प्रदान गरिएको छ।