४ सय केभीए प्रशारण लाइनको टावरको नटबोल्ट चोरी हुँदा जोखिम

४ सय केभीए प्रशारण लाइनको टावरको नटबोल्ट चोरी हुँदा जोखिम
सुन्नुहोस्

रौतहट : हेटौंडा-ढल्केबर-इनरुवा ४ सय केभी प्रसारण लाइनको टावरको नटबोल्ट चन्द्रपुर पस्चिमको जंगल क्षेत्रमा चोरी हुँदा टावर ढल्ने अवस्थामा पुगेको छ।

टावरको जगमा कसेको नटबोल्ट अज्ञात समूहले चोरेपछि चन्द्रपुर–लमाहा खण्डको चारवटा टावर ढल्ने जोखिममा छ। चारसुरे पुलदेखि ठूलो ढोब बीचमा रहेको चारवटा टावर बांगो भएको हो। हेटौंडा–ढल्केबर–इनरुवासम्म ७ सय ९२ वटा टावर निर्माण हुँदै गरेको छ। नटबोल्ट चोरी भएपछि टावर ढल्न लागेको आयोजनाका निर्देशक श्यामकुमार यादवले बताए।

टावरको जगको नट चोरी भएपछि टावर ढल्ने अवस्थामा रहेको टावर मर्मत गर्ने निर्देशक यादवले बताए। टावरको नट खोल्ने समूहलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए।

२०७० सालमा राष्ट्रिय गौरवको सो आयोजना भारतीय ऐन्जेलिक इन्टरनेसनल लिमिटेड कम्पनीले ठेक्का सम्झौता गरेको थियो। सो ४०० केभीए जीर्ण टावरका कारण नजिकै रहेको २०० केभीए प्रशारण लाइन र ३३ केभीए प्रशारण लाइन समेत जोखिममा परेको छ।

१६ अर्ब लगानीमा निर्माण भइरहेको योजनाको काम ३० महिनाभित्र सक्नुपर्नेमा १० वर्षमा पनि सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। २०८१ सालभित्रमा सो काम सम्पन्न गर्नुपर्ने पछिल्लो सम्झौतामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.