वेस्ट इन्डिजविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो
हरारे : आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
हरारे स्पोर्ट्स क्लबमा १२:४५ मा सुरु हुने खेलका लागि नेपाली कप्तान रोहित पौडेलले तीव्र गतिका बलरलाई सहज हुने भएकाले बलिङ रोजेको बताए। नेपालको टिममा कुनै पनि परिवर्तन गरिएको छैन।
पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।
प्रतिक्रिया दिनुहोस !