मुगुको छायाँनाथ रारा नगरपालिकामा पनि ग्रेटर नेपालको नक्सा
मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख भामले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको बताएका हुन्। भारतले नेपालको भूमि हस्तक्षेप गर्ने गरेकाले त्यसको विरोध स्वरूप नक्सा राखिएको छा मेयर भामले बताए।
भामले भारतको हेपाहा प्रवृत्तिप्रति नेपालीहरू चुप लागेर नबस्न आग्रह गरेका छन्। चुप लागेर बसेमा अझै सीमा मिचिने खतरा रहेकाले यसलाई सबैले अभियानका रूपमा लिनुपर्ने बताए।