अख्तियारको टोली पुग्यो पशुपतिमा

जलहरीको सुन जोखिनुअघि क्षमा पूजा र आरती गरिँदै

जलहरीको सुन जोखिनुअघि क्षमा पूजा र आरती गरिँदै
तस्बिर : अन्नपूर्ण

काठमाडौं : पशुपतिनाथको जलहरीको सुन क्षमा पूजा र आरतीपछि जोखिने भएको छ। अहिले क्षमा पूजा र आरती भइरहेको छ। शनिबार पनि क्षमा पूजा गरिएको थियो।

पशुपतिको जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा आज जोखिने लागेको हो। 

अहिले नापतौल विभागको टोली,अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रतिनिधि ,सुरक्षाकर्मीलगायतका अधिकारीहरू पशुपति पुगेका छन्।

पशुपति विकाश कोष परिसरमा जलहरीको तौल जोख्ने तयारी भइरहेको छ । अहिले पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ। पशुपतिनाथका चारै ढोका बन्द गरिएका छन्।

पशुपति विकाश कोष,प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको हो । महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.