भरतपुरको बजेट ६ अर्ब ३१ करोड
चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
महानगरको १३ औं नगर सभामा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गरेका थिए। महानगरले आगामी वर्ष आन्तरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ।
अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको उपप्रमुख अधिकारीले बताए।