तीन जना फरार अभियुक्त पक्राउ

तीन जना फरार अभियुक्त पक्राउ
पक्राउ परेका फतुवा विजयपुरका राकेश यादव
सुन्नुहोस्

रौतहट : विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई रौतहटमा प्रहरीले पक्राउ गरि अदालतमा पेस गरेको छ । गौर नगरपालिका-३ बि.पी. चोकबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।

रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं. १ का २५ वर्षीय राकेश यादवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय भई पाइ फरार रहेका लागु औषध मुद्दाका प्रतिवादी ३२ वर्षीय रमेशकुमार यादवलाई बृन्दाबन नगरपालिका- १ बिश्रामपुर टोलबाट पक्राउ गरेको छ ।

यता अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी माधवनारायण नगरपालिका-५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.