साउदी अरबको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

साउदी अरबको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु
सुन्नुहोस्

साउदी अरेबियाको जेद्दामा भएको अमेरिकी वाणिज्य दूताबासबाहिर गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

काठमाडौं : साउदी अरेबियाको जेद्दामा भएको अमेरिकी वाणिज्य दूताबासबाहिर गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

बन्दरगाह सहर जेद्दामा रहेको वाणिज्य दूतावास नजिकै भएको उक्त हमलामा बन्दुकधारी र एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको समाचार अलजजिरामा छ। मृतकको थप परिचय भने समाचारमा खुलाइएको छैन।
 

मक्का क्षेत्रका प्रहरीका प्रवक्ताका अनुसार एक कार जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै रोकियो र कारभित्रबाट एक व्यक्तिले हातमा बन्दुक बोकेर बाहिर निस्किए। उनलाई सुरक्षाअधिकारीहरुले नियन्त्रणमा लिन खोजदा गोलाबारी भइ नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो। 

साउदी प्रेस एजेन्सी (एसपीए) ले पनि अमेरिकी वाणिज्य दूतावासको निजी सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डको मृत्यु भएको जनाएको छ।

गोलीबारीमा अमेरिकी नागरिक घाइते नभएका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.