फ्रान्समा १७ वर्षीय युवकको प्रहरीद्वारा गोली हानी हत्या : विरोधमा चर्कियो प्रदर्शन, १५० गिरफ्तार

फ्रान्समा १७ वर्षीय युवकको प्रहरीद्वारा गोली हानी हत्या : विरोधमा चर्कियो प्रदर्शन, १५० गिरफ्तार
सुन्नुहोस्

गृहमन्त्री गेराल्ड डार्मानिनले एक ट्वीटमा रातभर प्रदर्शनकारीहरूले देशभरका स्कूलहरू, टाउन हलहरू र प्रहरी स्टेशनहरूलाई निशाना बनाएको दावी गरे।

फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसात्मक विरोध चर्किएको छ। फ्रान्सेली गृहमन्त्रीले रातभरि भएको प्रदर्शनका क्रममा १५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

गृहमन्त्री गेराल्ड डार्मानिनले एक ट्वीटमा रातभर प्रदर्शनकारीहरूले देशभरका स्कूलहरू, टाउन हलहरू र प्रहरी स्टेशनहरूलाई निशाना बनाएको दावी गरे।

फ्रान्समा मंगलबार प्रहरीले नाहेल एम नामक १७ वर्षीय युवकलाई ट्राफिक जाँचका लागि नरोकेपछि गोली हानेको थियो। 

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरीले सुरुमा युवकले प्रहरीलाई चोट पुर्याउने उद्देश्यले प्रहरीतर्फ कार चलाएको बताएको थियो । तर उक्त दुर्घटनाको फुटेजमा एक प्रहरी अधिकारीले कारको झ्यालबाट युवकलाई पेस्तोल तानेर नजिकबाट गोली हानेको देखिएको बीबीसी समाचारमा उल्लेख छ ।
 
फ्रान्सेली राष्ट्रपतिले गोलीबारी 'अक्षम्य' भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन सक्दैन ।'

यसै क्रममा समाचार एजेन्सी रोयटर्सले सन् २०१७ यता फ्रान्सेली प्रहरीको गोलीबाट ज्यान गुमाउने अधिकांश अश्वेत वा अरब मूलका रहेको पत्ता लगाएको छ । गत वर्ष ट्राफिक नियम नमान्दा १३ जनाको ज्यान गएको थियो ।

रोयटर्सले मृतकका छिमेकीहरूलाई उद्धृत गर्दै नाहेल पनि फ्रान्सेली-अल्जेरियन मूलको परिवारबाट भएको बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.