गठबन्धनकै कारण सरकार टिक्दैन : केपी ओली
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ओरालो गतिमा लागेको बताएका छन्। स्वार्थमा रुमलिएको कारण सरकार गठबन्धनकै कारण नटिक्ने उनको भनाइ छ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले देश बनाउने संकल्प छोडेर स्वार्थमा लागेको आरोप लगाउँदै सत्ता गठबन्धन स्वार्थको गठजोड भएको ब्यङ्ग्य गरे।
‘यहाँ देश बनाउने संकल्पभन्दा स्वार्थको गठजोडहरूको स्वार्थ छ। स्वार्थको गठजोड फुट्ने गरी टकराउँदैन तबसम्म यो सरकार चल्छ,' उनले भने।
ओलीले पशुपतिको जलहरीको विषयलाई अनावश्यक उचालिएको बताए। जलहरीमा नाम लेखिएको विषयमा आफू जानकार नभएको भन्दै स्वभाविक भएको उनले प्रतिक्रिया दिए। भष्ट्राचारको फाइल नियमित प्रक्रिया भएको भन्दै सरकारले जसमात्रै लिएको उनले बताए।