अर्काको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना पक्राउ

अर्काको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना पक्राउ

रौतहट : माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट एक सेवाग्राहीको रकम झिकेको गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

वृन्दावन नगरपालिका-३ का रामेश्वर राय यादवको खाताबाट गत जेठ ५ देखि ७ गतेसम्म ९ लाख रुपैयाँ हराएको थिय‍ो।

यादवको माछापुच्छ्रे बैंकको शाखा कार्यालय वृन्दावनको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको रकम जेठ ५ गते ६ गते, ७ गते दैनिक तीन लाखको दरले नौ लाख रकम अन्य बैंकको खाता तथा खल्ती एप्स खाताबाट, एटिएमबाट अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीले जनाएको छ।

वीरगन्ज महानगरपालिका- १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाँउपालिका-५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका-२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका-८ भगवानपुरका १९ वर्षीय दिपे सदा र २३ वर्षीय श्रवण दास पक्राउ परेका छन्।

उनीहरूले अन्य व्यक्तिको खातामा रकम सारेर आर्थिक अपचलन गरेको चन्द्रपुरका डिएसपी एक नारायण कोइरालाले बताए। पक्राउ परेकाहरूलाई ठगी सम्बन्धी कसुरमा मुद्दा चलाइएको डीएसपी कोइरालाले बताए।

विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन देखाई बैंकमा खाता खोल्न लगाई खातावालाको मोबाइलमा अनलाइन बैंकिङको यूजर नेम र पासवर्ड समेत लिएर खाताबाट रकम सारेको पाइएको छ।

घटनामा ११ जना संलग्न रहेको र ७ जना पक्राउ परेको ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न बैंकको एटीएम १५ थान, मोटरसाइकल १ थान र ६६ हजार नगद रकम बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.