बर्सेनि हराउँछन् बालबालिका

बर्सेनि हराउँछन् बालबालिका
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा बर्सेनि बालबालिका हराउने समस्या पनि उस्तै छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ सय ९ जना बालबालिका हराए। जसमध्ये २ सय ८८ जना बालबालिका फेला परेका छन् भने २१ जना बालबालिका फेला परेका छैनन्।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ११ जना बालबालिका हराए। जसमा ३ सय ७७ जना फेला परे भने ३४ जना बालबालिका अझै फेला परेका छैनन्। यस्तै चालू आर्थिक वर्षमा २ सय ६९ बालबालिका हराएका छन्। जसमध्ये २ सय २७ जना फेला परेका छन् भने ४२ जना बालबालिका अझै बेखबर छन्। कर्णालीमा २४ दशमलव ६ प्रतिशत बालबालिकाले बालश्रम गर्ने गरेका छन्। 

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो समय बालगृहमा जाने बालबालिकाको संख्या पनि कर्णालीमा बढिरहेको छ। कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, जुम्ला र हुम्लामा गरी ९ वटा बालगृहहरू सञ्चालनमा छन्। ती बालगृहमा ४ सय ४६ जना बालबालिका छन्। नेपालमा जम्मा ४ सय १७ बालगृहहरू छन्। कर्णालीबाट कर्णाली बाहेकका बालगृहमा रहेका बालबालिकाको संख्या पनि धेरै छ।

तर यसको तथ्यांक हालसम्म संकलन गरिएको छैन। मुलुकका बिभिन्न जिल्लामा रहेका बालगृहमा जोखिममा परेका बालबालिका पनि बर्सेनि उद्धार गरिँदै आएको छ। जसअनुसार गत आर्थिक वर्षमा ३० जना र चालू आर्थिक वर्षमा ४१ जना गरी जम्मा ७१ जना बालबालिकालाई बालगृहबाट उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ।

अभिभावक हुँदाहुँदै पनि विभिन्न प्रलोभन देखाएर कर्णालीबाट बालबालिकालाई बालगृहमा राख्न लैजाने समस्या बढ्दो छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.