शेरबहादुर देउवा भाग्यले होइन, क्षमताले ५ पटक प्रधानमन्त्री बन्नुभएको हो : परराष्ट्रमन्त्री साउद

शेरबहादुर देउवा भाग्यले होइन, क्षमताले ५ पटक प्रधानमन्त्री बन्नुभएको हो : परराष्ट्रमन्त्री साउद
तस्बिर : अन्नपूर्ण

अछाम : परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा भाग्यले नभइ क्षमताले पाँचपटक प्रधानमन्त्री बनेको बताएका छन्। आइतबार नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले क्षमता भएर नै सभापति देउवा पाँच पटक प्रधानमन्त्री बनेको बताएका हुन्।

योग्यता,पार्टीमा विचार र चिन्तनले नै देउवालाई प्रधानमन्त्री बनाएको उनको भनाइ छ।

‘धेरैले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनु भएको होइन,'उनले भने,'योग्यताले प्रधानमन्त्री हुनुभएको हो।'

अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न नेपाली कांग्रेसले मात्रै सक्ने उनको दावी छ। उनले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउने बताए।

मन्त्री साउदले नयाँनयाँ पार्टी आइरहेको र सोसल मिडिया बाहेक उनीहरुको कतै संगठन नभएको बताए। ती नयाँ पार्टीहरूले पद्धतिमा विश्वास नगर्ने उनको भनाइ छ।

'उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनु भन्छन्। पार्टी पद्दतिमा विश्वास गर्दैनन्,'उनले भने,' पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न सक्दैनन। त्यही भएर लगातार विवादमा परिराखेका छन् ।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.