थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन

थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन
सुन्नुहोस्

दोलखा : नेपालको अति सीमान्तकृत थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ सोमबार सार्वजनिक भएको छ। ‘सिलोके पालाखेमा थामी समुदायको जन्मदेखि मृत्यु पर्यन्तसम्म संस्कार समेटिएका छन्। 

विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो। करिब ७ सय पृष्ठमा समेटिएको पुस्तकभित्र मानव जातिको उद्भव, थामी जातिको उत्पत्ति, विकास र विस्तारका विषयमा फलाक्ने मन्त्रलाई पनि पुस्तकमा समेटिएका छन्। 

धामी झाँक्री परम्परामा आधारित समुदायको कुलपूजा, भुमे, जन्म विवाह, मृत्यु संस्कार र मृत्युपछि गरिने अन्तिम संस्कारसमेत समेटिएको संकलक तथा सम्पादक लक्ष्मण थामीले बताए। थामी भाषामा प्रकाशित सामग्रीलाई नेपाली अनुवादसमेत गरिने जनाइएको छ।

उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, बागमती प्रदेशसभा सांसदहरू कुन्दन काफ्ले, ठूला थामीले विगु गाउँपालिका–४, सिंगटीमा सोमबार संयुक्त रूपमा विमोचन गका हुन्। 

पुस्तकमा झाँक्रीको प्रयोग गर्ने मन्त्रका अंशसमेत समेटिएका छन्। पुस्तक प्रकाशनले थामी समुदायको संस्कार र संस्कृतिलाई पुनर्जीवन दिएर पुस्तान्तरण कार्यमा महत्वपूर्ण काम भएको सहभागीले बताएका छन्। 

लामो समयदेखि स्थलगत रूपमा तीन दर्जनभन्दा बढी पुराना धामीझाँक्रीसँगको अध्ययनपछि पुस्तकमा प्रकाशनमा ल्याएको संकलन लक्ष्मणले बताए। 

पहिलो विस्तृत ‘सिलोके पालाखे’ समग्र थामी समुदायको कर्मकाण्ड गर्दा प्रयोगमा आउने थामी समाज दोलखा अध्यक्ष होम थामीले बताए। 

जनगणना २०७८ अनुसार थामीको जनसंख्या देशभर ३२ हजार ७ सय ४३ छ भने दोलखामा १८ हजार ७५ जना छन्। यसैगरी थामी भाषा बोल्नेको संख्या २६ हजार ८ सय ५ जना रहेका  छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.