वीरगन्जको अठराहामा ठेउलाको प्रकोप

वीरगन्जको अठराहामा ठेउलाको प्रकोप
सुन्नुहोस्

उनले भने, 'एकै परिवारका ४ देखि ५ जना सम्ममा यो रोग देखा परेको छ। स्वास्थ चौकीमा दैनिक ५/६ जना दादुराका बिरामी उपचारका लागि आइरहेको पनि उनले बताए।

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँ गाउँमा ठेउला रोगको प्रकोप देखा परेको छ।

अठराहाँ गाउँका २५ भन्दा बढीमा ठेउला रोग देखा परेको स्वास्थ चौकी सुगौली विर्ताका इन्चार्ज रामकुमार यादवले जानकारी दिए।

उनले भने, 'एकै परिवारका ४ देखि ५ जनासम्ममा यो रोग देखा परेको छ।' स्वास्थ चौकीमा दैनिक ५/६ जना दादुराका बिरामी उपचारका लागि आइरहेको पनि उनले बताए।

यादवका अनुसार अठराहामै यसअघि गत पुस र माघ महिनामा पनि ठेउलाको प्रकोप फैलिएको थियो। त्यसपछि अहिले आएर फेरि २५ बढी व्याक्तिमा ठ‍ेउलाको प्रकोप देखिएको स्वास्थ्यकर्मी श्रवण कुमारले बताए।

अठाराहामा ठेउलाको प्रकोप फैलिएको  खबर पाएपछि मंगलबार स्वास्थ्य कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर अनुगमन गरेको थियो।

अनुगमनका क्रममा स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्दा ठेउला पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

टोलीमा नारायणी अस्पतालका चर्म रोग विभागका डा. रोहित गुप्ता, वीरगन्ज महानगरकापालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रितेश जयसवाल, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर सहभागीता थिए।

दादुराको प्रकोप फ‌ैलिरहेको अवस्था रहेकाले त्यसलाई नियन्त्रण गर्न अठराहा गाउँमै स्वास्थ्य शिविर चलाउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.