राज्यको बागडोर घुमिफिरी  हाम्रै भागमा आएको अरुलाई पचेन : प्रधानमन्त्री

राज्यको बागडोर घुमिफिरी  हाम्रै भागमा आएको अरुलाई पचेन : प्रधानमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

माओबादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयाबादीहरुले षड्न्त्र गरेको उनले बताए। ' हेर्दै जानुहोला माओबादी शक्तिहरु अब एकै ठाउँमा आउँछन्।  हिजो लडाइँको बेला हामीलाई सखाप पार्ने रणनीति बनाइएको थियो। हामीले घेरा तोड्दै गयौं ’, उनले भने।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादी शक्तिहरु अब एकै ठाउँमा आउने बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ढिलो चाँडो माओबादी शक्तिहरु एकै ठाउँमा आउने बताएका हुन्। 

दाहालले भने, ‘युद्धबाट शान्तितिर आयौं हामी। हामी निकै बलियो भएर प्रस्तुत भयौं। माओबादी आन्दोलन बन्दुक देखाएर तर्साउने मात्रै भनेर अपमानित गर्न खोज्ने प्रवृत्ति थियो। हामीलाई जनताको भरोसा थियो। शान्तिपूर्ण प्रतिस्पर्धाबाट हामी देशको ठूलो पार्टी बन्यौं।'

 माओबादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयाबादीहरुले षड्न्त्र गरेको उनले बताए। ' हेर्दै जानुहोला माओबादी शक्तिहरु अब एकै ठाउँमा आउँछन्।  हिजो लडाइँको बेला हामीलाई सखाप पार्ने रणनीति बनाइएको थियो। हामीले घेरा तोड्दै गयौं ’, उनले भने।

राज्यको बागडोर हाम्रै भागमा घुमिफिरी आइपुगेको बताउँदै दाहालले भने, ‘यो त्यत्तिकै आएको होइन। इतिहासको बलमा हामी यहाँ छौं। यो अरुलाई पचेको छैन । भ्रष्टाचार, कुशासन र बेथीतिविरुद्धको अभियानमा छु। यो प्रतिकृयावादीलाई मन परेको छैन। ३२ सिट भएको पार्टीले कुशासनविरुद्ध अभियान चलाएको उनीहरुलाई मन परेको छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.