नेपाल चेम्बर्स हङकङको वार्षिकोत्सव

नेपाल चेम्बर्स हङकङको वार्षिकोत्सव
सुन्नुहोस्

हङकङ : नेपाल चेम्बर्स अफ कमर्स हङकङले १५ औं वार्षिकोत्सव मनाएको छ। प्रमुख अतिथि हङकङ मकाउ महावाणिज्यदूत उदयबहादुर रानामगरले तीव्र विकास र विस्तारमा अग्रसर मुलुकमा नेपाली व्यवसायको सम्भावना र चुनौतीको सारथि बनिरहेको नेपाल चेम्बर्स अफ कमर्सलाई धन्यवाद दिए। उनले आगामी दिनमा नेपाल र हङकङको व्यापार व्यवसायमा चेम्बर्सको भूमिका अझ गहन र संवेदनशील हुनुपर्ने बताए। 

कार्यक्रममा नेपाल चेम्बर्सका अध्यक्ष लवकुमार गुरुङले हङकङ सरकार समक्ष नेपालीको लगानीमा सञ्चालित होटल रेस्टुरेन्ट, निर्माण उद्योगजस्ता व्यवसायमा नेपाली कामदारलाई (सर्ट टर्म कन्ट्र्याक) वर्किङ भिसा दिनका लागि आग्रह गरे। गुरुङले भने, ‘नेपाली क्षमतावान् सीपयुक्त मेनपावरको कन्ट्र्याक र फिर्ता हुने ग्यारेन्टी हामी लिन्छौं।’ 

नेपाल चेम्बर्सले नेपाली व्यवसायीको लगत राख्ने, अनलाइन र अफलाइन सेवाको विस्तार गर्ने, नयाँ व्यवसाय सुरु गर्ने, नेपालीका लागि आवश्यकीय सल्लाह र जनशक्ति प्रदान गर्ने, नेपालमा लगानी भिœयाउनका लागि विभिन्न प्रकारका लगानीमैत्री कार्यक्रमको आयोजना गर्ने, हङकङमा 

स्थानीय नेपाली लगानीकर्ताका लागि अभिमुखीकरणका कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य गरिरहेको छ। 

इन्टरनेसनल ग्रान्ड स्टेनफोर्ड होटलमा गरिएको कार्यक्रमा हङकङ लगानी तथा कन्सुलेट चेम्बर इन्गेजमेन्ट प्रमुख केसी लामा, एसिया अफ्रिका कमिटी हङकङ चेम्बर्स अफ कमर्सका प्रेसिडेन्ट जोनाथान लामपोर्ट, काउलौन चेम्बर्स अफ कमर्सका प्रेसिडेन्ट युनका लोक, पोखरा चेम्बर्स अफ कमर्सका प्रेसिडेन्ट पवनकुमार प्रजापतिको उपस्थिति थियो। त्यसैगरी, हङकङ डिस्ट्रिक काउन्सेलर ह्वाक चिउ वा, नेपाल चेम्बर्स अफ कमर्स हङकङका प्रमुख सल्लाहकार डासुराम पराजुली, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.