थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीपनारायण चौधरी

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीपनारायण चौधरी
सुन्नुहोस्

सिड्नी : नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा ब्यवसाय र अध्यान अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा स्थापित थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिवेशन ८ जुलाईका दिन सिड्नीको इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको छ। 

अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै र निवर्तमान कार्यसमितिलाई थोरैमात्र थपघट गरी आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ।

कार्य समितिको दुई उपाध्यक्षमा निमेष लेखी र विनय चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा सिम्रिका चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा सिद्धान्त चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ। 

त्यस्तै संस्थाको कार्यसमिति सदस्यमा रितु चौधरी, सुनाम चौधरी, मधुकर चौधरी, उपशना चौधरी, रञ्जना चौधरी, नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, मिलन चौधरी, सुनिल चौधरी,आर्यण चौधरी थारू रहेका छन्। 

महिला सहभागितालाई अझै बढाउदै लाने उद्देश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरीलाई जिम्मेवारी दिएको छ। त्यसैगरी संस्थाले रामेश्वर चौधरी वरिष्ठ सल्लाहकार रहेको र दुर्गानन्द चौधरी तथा जानुका चौधरी सल्लाहकार रहेको तीन सदस्यीय सल्लहाकार समितिको पनि गठन गरेको छ।

संस्थाका पव्लिक अफिसर अरूण चौधरीको स्वागत मन्तब्यबाट सुरू भएको अधिवेशन कार्यक्रममा महासचिव पृथ्वी चौधरीले संस्थाको स्थापनाकालदेखि हालसम्म भएको सम्पूर्ण कार्य विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिन्कु चौधरीले संस्थाको आयव्यय प्रस्तुत गरेका थिए। पुन अध्यक्ष्य निर्वाचित भइ जिम्मेवारी लिएसँगै नवनिर्वाचित अध्यक्ष दिप नारायण चौधरीले संस्थालाई अझै सवल बनाउँदै, विवध परोपकारी कार्यहरूसहित थारू समुदाय तथा विद्यार्थीमा पर्ने विविध समस्यामा विगतमा जस्तै संस्था सहयोगी रहने बताए।

२४औं विश्व आदिवासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा संस्था स्थापना गरी कार्य समिति गठन गरिएको हो। स्थापनाको छोटो समयमै थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने विविध सामाजिक एवं परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउँदै उदहरणीयरूपमा प्रस्ततु हुन सफल भएको छ। त्यस्तै अष्ट्रेलियामा रहेका संघ सस्थासँग आपसी सद्भाव राख्दै संस्कृतिक विविधता भएको थारू समुदायको कला, भाषा संस्कृति, रहनसहन र चाडपर्वलाई थारू समुदाय र अन्य नेपाली समुदाय माझ परिचित गराउन पनि संस्था सफल रह्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.