कोसी सरकारमा जीवन आचार्यको नेतृत्वमा सहभागी हुँदै माओवादी

कोसी सरकारमा जीवन आचार्यको नेतृत्वमा सहभागी हुँदै माओवादी
सुन्नुहोस्

विराटनगर : नेकपा (माओवादी केन्द्र) युवा नेता जीवन आचार्यको नेतृत्वमा कोसी प्रदेश सरकारमा सहभागी हुने भएको छ। आचार्य यसअघि नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि पर्यटन, वन तथा वातावरण मन्त्री थिए। 

अहिले नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारमा पनि आचार्य मन्त्री बन्ने भएका हुन्। स्रोतका अनुसार पार्टीको नेतृत्व गरेर सरकारमा जाँदा उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। 

माओवादीको शुक्रबार दिउँसो बसेको बैठकले आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको हो। प्रदेश प्रमुखको कार्यालयले आइतबार बिहान उनको शपथका लागि तयारी गरेको छ। पार्टीबाट सरकारमा पठाउने अरु मन्त्रीका बारेमा टुंगो लाग्न बाँकी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। 

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गत बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। शुक्रबार शपथग्रहण गरेका थापाले नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू र कांग्रेसबाट प्रदीप सुनुवारलाई शुक्रबार बिना विभागीय मन्त्री नियुक्त गरिसकेका छन्। 

सरकारमा सहभागी हुने गठबन्धन दलका तर्फबाट १–१ जना मन्त्री नियुक्त गर्ने उनको तयारी थियो। तर, माओवादीले मन्त्रीको नाम पठाउन नसक्दा २ जना मन्त्रीले मात्रै शपथ लिएका हुन्। जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ। 

माओवादीमा यसअघि आचार्य र दुर्गाप्रसाद चापागाईं मन्त्री बनेका थिए। चापागाईं हिक्मत कार्की नेतृत्वको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.