अनलका दुई पुस्तक लोकार्पण

अनलका दुई पुस्तक लोकार्पण
सुन्नुहोस्

काठमाडौं : युवा साहित्यकार अनल गौतमले एकै पटक दुई पुस्तक सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रममा गौतमको उपन्यास ‘बार्दली’ र कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकै साथ लोकार्पण गरिएको हो।

वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतले ती पुस्तक लोकार्पण गरेका थिए। वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै रोचक र समयसामयिक लागेको बताए। कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै कथाले पाठकको मन छुने बताए। 

समालोचक डा.रामप्रसाद ज्ञवालीले गौतमको सरल शैलीमा भावना व्यक्त गर्ने शैलीको प्रशंसा गरे। उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा. ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिएको बताए। लेखक गौतमले पुस्तक लेख्नभन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशनसँगको सहकार्यमा दुई पुस्तक सहजै सार्वजनिक गर्न सकिएको बताए।

मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतम कथा तथा उपन्यासमा पनि विशेष रुची राख्छन्। २०३८ सालमा हेटौंडामा जन्मिएका गौतमले २०६४ सालमा ‘शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा सुरु गरेका थिए। त्यसपछि २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए।

उनलाई साहित्यकारका रुपमा स्थापित गर्ने काम २०७० मा प्रकाशित कथोपन्यास ‘घाट घाटका कथा’ ले गरेको थियो। यो कथोपन्यासमार्फत उनी पाठकको मन–मनमा बस्न सफल भएका थिए। २०७० सालमै गौतमले गीति संग्रह ‘सरसी’ पनि प्रकाशित गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.