भारतमा बाढीपहिरो,  ३ नेपालीसहित २९ को मृत्यु

भारतमा बाढीपहिरो,  ३ नेपालीसहित २९ को मृत्यु
तस्बिर : बीबीसी
सुन्नुहोस्

काठमाडौं : उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा कम्तीमा २९ जनाले ज्यान गुमाएका छन्। कैयौँ घाइते भएका छन्। जसमध्ये एकै परिवारका तीन जना नेपाली छन्। उनीहरू हिमाञ्चल प्रदेशको सिम्ला जिल्लास्थित क्यारामा पहिरोले पुरिएका हुन्। जसमा रुकुम पश्चिको त्रिवेणी गाउँपालिका–९ खहेरका रहेका जनाइएको छ। 

एएफपीका अनुसार पुलपुलेसा भत्किएका छन्। सडक अवरुद्ध छ । टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाञ्चलको पहाडी भेगमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो।

‘दुई दिनमा, हिमाञ्चल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ’, राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भने ।

राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रमा थप नौ जनाले ज्यान गुमाएका छन्।  हिमाञ्चलमा पर्यटकसहित करिब तीन सय जनालाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ। एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाञ्चलका बाढीपीडितलाई सघाउन एनडीआरएफका ११ टोली तैनाथ छन्।  - एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.