दोस्रो ठूलो अर्थतन्त्र ‘बन्ने बाटोमा’ भारत

दोस्रो ठूलो अर्थतन्त्र ‘बन्ने बाटोमा’ भारत
सुन्नुहोस्

गोल्डम्यान स्याक्सले अबको ५० वर्षपछि भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने बताएको छ । भारतको लगानीसम्बन्धी कम्पनी गोल्डम्यान स्याक्सले सन् २०७५ सम्ममा जापान र जर्मनीलाई मात्र नभई अमेरिकालाई पनि उछिन्ने अनुमान गरेको हो। जर्मनी, जापान, चीन र अमेरिकापछि अहिले भारत पाँचौं ठूलो अर्थतन्त्र हो।

विश्वमै बढ्दो जनसंख्या, नवीनता र प्रविधिमा देशको प्रगति, उच्च पुँजी लगानी र कामदारको बढ्दो उत्पादकत्वको पूर्वानुमानलाई मूल्यांकन गर्दा भारतको अर्थतन्त्र बलियो हुने उक्त लगानी बैंकले हालैको एक रिपोर्टमा उल्लेख गरेको छ। एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्स र मोर्गन स्टेनलीले पनि भारत सन् २०३० सम्ममा तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेका छन्।

गोल्डम्यान साक्स रिसर्चका भारतीय अर्थशास्त्री सान्तनु सेन गुप्ताका अनुसार आगामी दुई दशकमा भारतको निर्भरता अनुपात क्षेत्रीय अर्थतन्त्रहरूमध्ये सबैभन्दा कम हुनेछ। कुनै पनि देशको परनिर्भरता अनुपात कुल कामकाजी उमेरको जनसंख्याको तुलनामा आश्रितहरूको संख्याबाट मापन गरिन्छ। कम निर्भरता अनुपातले संकेत गर्दछ कि त्यहाँ आनुपातिक रूपमा अधिक काम गर्ने उमेरका वयस्कहरू छन् जसले युवा र वृद्धहरूलाई समर्थन गर्न सक्षम छन्।

सेन गुप्ताले भने, ‘भारतको द्रुत गतिमा बढ्दो जनसंख्याको क्षमतालाई मापन गर्ने आधार भनेको यसको श्रम शक्तिको सहभागिता बढाउनु हो।’
सेन गुप्ताले आगामी २० वर्षमा भारत ठूला अर्थतन्त्रहरूमध्ये सबैभन्दा कम परनिर्भरता अनुपात हुने अनुमान गरेका छन्।  भारत सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। विशेषगरी सडक र रेलमार्गको स्थापनामा लगानी बढाएको छ। भारतको चालू आर्थिक वर्षको बजेटले पूर्वाधारमा लगानीलाई बढावा दिनको लागि राज्य सरकारहरूलाई ५० वर्षको ब्याज मुक्त ऋण कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

गोल्डम्यान स्याक्सको विचारमा निजी क्षेत्रले उत्पादन र सेवामा क्षमता अभिवृद्धि गर्न र थप रोजगारी सिर्जना गर्न र ठूलो श्रम शक्तिलाई अघि बढाउने यो उपयुक्त समय हो। भारतको आर्थिक प्रगतिको लेखाजोखा प्रविधि र नवप्रवर्तनमा भइरहेको विकासलाई हेरेर गर्न सकिने लगानी बैंकले जनाएको छ। भारतको गैरसरकारी व्यापार संघ नासकमका अनुसार सन् २०२३ को अन्त्यसम्ममा भारतको प्रविधि उद्योगको आम्दानी २४५ अर्ब डलरले बढ्ने अनुमान गरिएको छ। यो वृद्धि आईटी, बिजनेस प्रोसेस म्यानेजमेन्ट र सफ्टवेयर प्रडक्ट स्ट्रिमबाट हुने नासकमको रिपोर्टले देखाएको छ।

यसबाहेक, गोल्डम्यानले पुँजी लगानी भारतको विकासको अर्को महत्त्वपूर्ण चालक हुने प्रक्षेपण गरेको छ। गोल्डम्यानको रिपोर्टमा भनिएको छ, ‘भारतको बचत दर, घट्दो निर्भरता अनुपात, बढ्दो आय र बृहत् वित्तीय क्षेत्रको विकासको साथ बढ्ने सम्भावना छ, जसले थप लगानीलाई बढावा दिई पुँजीवृद्धि गराउने सम्भावना छ।’

गोल्डम्यानले भनेजसो श्रमशक्ति सहभागिता दर आगामी दिनमा बढ्ने प्रक्षेपणमा भने शंका गर्ने ठाउँ छ। किनभने विगत १५ वर्षमा भारतमा श्रमशक्तिको सहभागिता दरमा कमी आएको छ। श्रमशक्तिमा महिलाको सहभागिता दर पुरुषको तुलनामा निकै कम छ।

भारतमा काम गर्ने उमेरका महिलामध्ये २० प्रतिशतमात्र रोजगारीमा छन्, लगानी बैंकले गत जुनमा जारी गरेको एक छुट्टै प्रतिवेदनमा उल्लेख गरिएको छ। भारतीय महिलाहरू प्रायः सानातिना काममा संलग्न हुने हुँदा ती कामको  हिसाब औपचारिक रोजगारीमा राख्न नसकिने देखिन्छ।

गोल्डम्यानका अनुसार कुल निर्यातले पनि भारतको आर्थिक वृद्धिमा असर पारेको छ, किनभने भारतमा चालू खाता घाटामा छ। यद्यपि, सेवा निर्यातले चालू खाताको सन्तुलनलाई मद्दत गरिरहेको उल्लेख गरेको छ। गोल्डम्यानको रिपोर्टअनुसार भारतको अर्थव्यवस्था घरेलु मागबाट सञ्चालित छ। भारतको आर्थिक वृद्धिको ६० प्रतिशत घरेलु खपत र लगानीबाट सञ्चालन भइरहेको छ।  

भारतको आर्थिक वर्ष २०२२/०२३ को पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ६.१ प्रतिशतले वृद्धि भएको छ। जसले रोयटर्सको ५ प्रतिशतको वृद्धिको अपेक्षालाई उछिनेको छ। आर्थिक वर्ष २०२१–२०२२ मा ९.१ प्रतिशतको वृद्धिदर रहेकोमा सन् २०२२/२०२३ मा ७.२ प्रतिशत रहने अनुमान गरिएको छ। 

- (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.