‘भानु कविता महोत्सव’ विमोचित

‘भानु कविता महोत्सव’ विमोचित
सुन्नुहोस्

काठमाडौं : २१०औं भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले भानु कविता महोत्सवको पुस्तक विमोचन गरेको छ। 

यस्तै रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको जलवायु परिवर्तन विशेष भानु जयन्ती महोत्सव कविता वाचन कार्यक्रमका सर्वोत्कृष्ट कवि संयोग बस्याललाई एक लाख पुरस्कार गरिएको थियो। 

प्रतियोगितामा उपविजेता भएका कल्पना भट्टराई र सुशीला शर्मा धमलालाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो। उनीहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले पुरस्कार प्रदान गरेका थिए।  

कवितावाचन कार्यक्रमको निर्णायकमा डा. बमबहादुर जिताली, डा. मित्रबन्धु पौडेल, प्रभा भट्टराई आचार्य र भीष्म उप्रेती थिए।  कार्यक्रममा भानु कविता महोत्सवमा सहभागीहरूको कविता संकलन गरी तयार पारिएको पुस्तक ‘भानु कविता महोत्सव’ लोकार्पणसमेत गरिएको थियो। 

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापाले आफू कविता लेख्न नजान्ने भए पनि सुन्न अत्यन्तै रूचाउने पात्र भएको बताए। उनले २०७९  सालको भानु जयन्तीका अवसरमा विश्वव्यापी देखिएको पर्यावरणीय संकट र यसले निम्त्याएका चुनौती, जलवायु परिवर्तन र यसको असर तथा प्रकृति प्रेममा केन्द्रित रहेर भानु कविता महोत्सव आयोजना गरिएको बताए। ‘प्राथमिककालीन कवि भानुभक्त आचार्यको समयमा उनले देखेको र लेखेकोजस्तै अहिलेको समयमा हामीले अनुभव र अनुभूति गरेका विषय र सन्दर्भलाई जोडेर लेखिने कविताले पक्कै पनि विश्वब्यापी देखिएको प्राकृतिक विनाशप्रति सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं’, अध्यक्ष थापाले भने।

उनले अन्नपूर्ण मिडिया नेटवर्कले साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्या‍उने भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आगामी दिनमा पनि विभिन्न कार्यक्रम गरिने बताए।

अन्नपूर्ण मिडिया नेटवर्कका सीईओ सनत न्यौपानेले भानु कविता महोत्सवलाई अन्नपूर्ण रेडियोले विगतमा जस्तै आगामी वर्षमा निरन्तर दिने बताए। अन्नपूर्ण मिडियाले कला, साहित्य, संगीत र खेलकुदसहित विभिन्न क्षेत्रलाई एकसाथ अगाडि बढाइरहेको उनले बताए। 

कार्यक्रमका निर्णायक बमबहादुर थापा जितालीले पृथ्वीनारायण शाहले देशको एकीकरण गरेजस्तै भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको बताए। अन्नपूर्ण रेडियोका स्टेसन म्यानेजर शिरोमणि दवाडीले कविता महोत्सवले कोभिडबाट आक्रान्त सर्जकहरूको थिलथिलो भएको मानसपटलमा नयाँ तरंग ल्याएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.