भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले गरे सडक डिभिजन कार्यालय घेराउ

भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले गरे सडक डिभिजन कार्यालय घेराउ
तस्बिर : अन्नपूर्ण

रौतहट:  बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालय,रौतहटको कार्यालय घेराउ गरेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन्न विकास निर्माणको काम सम्पन्न गरेर कार्यालयमा पेश गरिएको विलको रकम भुक्तानी नगरेको भन्दै चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयमा आइतबारदेखि विरोध कार्यक्रम तथा धर्नामा बसेका हुन ।

निर्माण व्यवसायी संघ,रौतहटका पदाधिकारीहरु सडक डिभिजन कार्यालयको गेटमा विरोधस्वरुप टायर बालेर धर्नामा बसेका छन् । सो कार्यालयअन्तरगत रौतहट र सर्लाही दुई जिल्लामा संघीय भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ।

कार्यालयले विभिन्न निर्माण व्यवसायीको २५ करोड रुपैयाँ बढि रकमको बिल भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा धर्ना र कार्यालय घेराउ गर्नुपरेको निर्माण व्यवसायी संघ,रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए ।

'सम्झौता र कार्यादेश बमोजिम सवै काम सम्पन्न हुँदा पनि कार्यालयले पैसा नआएको भनेर असार मसान्तसम्म पनि भुक्तानी नदिएको व्यवसायीको गुनासो छ । दुई जिल्लाका ४० जना बढि निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

दुईवटा पुल र अन्य सडक निर्माण योजनाको रकम भुक्तानी नभएको बताइएको छ । सडक डिभिजन रौतहटका प्रमुख दरोगा प्रसादले व्यवसायीलाई कमिसन लागि दु:ख दिने गरेको आरोप निर्माण व्यवसायीको रहेको छ ।

सडक डिभिजन कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थमन्त्रालयबाट पैसा निकासा नभएकले भुक्तानी हुन नसकेको बताउँदै सबै कुरा आफूले भन्न नमिल्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.