फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय

फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय
फाइल तस्बिर।
सुन्नुहोस्

मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।

पेरिस :फ्रान्समा गत महिनाको अन्त्यमा भएका दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ । 

मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् । बुधबारसम्म एक हजार दुई सय ७८ निर्णय सुनाइएकामा ९५ प्रतिशतभन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएका जानकारी उनले आरटीएल रेडियोलाई दिएका छन् । 

न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करिब छ सय जनालाई पहिले नै जेल पठाइएको छ । उनका अनुसार देशमा शान्तिसुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प थिएन । सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदङ्गा एवम् हिंसात्मक झडप भएका थिएनन् । 

गत जुन २७ मा एक जना प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली–अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच चार दिन चार रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो । त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारी साधनका साथ परिचालन भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.