सोलुखुम्बुमा जनप्रतिनिधिले नै लगाए जिल्ला समन्वय समितिमा ताला

सोलुखुम्बुमा जनप्रतिनिधिले नै लगाए जिल्ला समन्वय समितिमा ताला
सुन्नुहोस्

सोलुखुम्बु : जिल्ला समन्वय समिति सोलुखुम्बुका जनप्रतिनिधिहरूले नै समन्वय समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। 

समितिका पदाधिकारीले नै निर्णय गरेर समन्वय अधिकारी फिर्ता हुनुपर्ने भन्दै समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। सरुवा भएको २ महिना बितिसक्दा पनि समन्वय अधिकारीले रवाना नबुझी कार्यालयमा बसेर पदाधिकारीलाई असहयोग गरेको र समितिको निर्णय कार्यान्वयन गरेको भन्दै आज कार्यालयमा तालाबन्दी गरेका हुन्। 

समन्वय समितिका सात जना सदस्य उपस्थित भएर तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको हो। गत वैशाख २५ गते सरुवा भएकी समन्वय अधिकारी उर्मिला काफ्लेले रवाना बुझ्न नमानी कार्यालयमा बसेर असहयोग गरेपछि बाध्य भएर आफूहरूले तालाबन्दी गर्नु परेको समन्वय प्रमुख कृष्णप्रसाद निरौलाले बताए। 

समन्वय अधिकारी काफ्लेले जिल्लासभा नै बिथोल्ने काम गरेको, निर्णयहरू कार्यान्वयन नगरेको साथै कार्यालयमै नआउने गरेर अनिर्णयको बन्दी बनाएकाले तालाबन्दीमा उत्रिनु परेको समन्वय समिति सदस्य पेम्बा शेर्पाले बताए। 

अधिकारी काफ्लेको गत वैशाख २५ नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गते जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा गरेको थियो। मन्त्रालयले सरुवा गरे पनि काफ्लेले रवाना पत्र बुझ्न मानेकी छैनन्। 

उनले आफ्नो सरुवा भएको स्विकारे पनि कार्यालय भने नछोड्ने अडान राखेका छन्। समन्वय प्रमुखले भन्दैमा आफू कार्यालय नछाड्ने तर मन्त्रालयले बोलाए तत्काल जान तयार रहेको अधिकारी काफ्लेको भनाइ छ। 

पदाधिकारी र कर्मचारी द्वन्द्वका कारण विगत ६ महिनादेखि समन्वय समितिमा काम हुन नसकेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.