हङकङमा झल्कियो नेपाल

हङकङमा झल्कियो नेपाल
सुन्नुहोस्

हङकङ : त्यही ठाउँ, त्यही सम्पदा र संस्कृित, भाषा, भेषभूषा चालचलन र रहनसहन। याउमातेई कम्युनिटी हलको प्रेक्षालयमा खचाखच हङकङेली नेपालीहरूले आफ्नै ठाउँलाई नजिकबाट नियाल्ने मौका पाएका थिए। कार्यक्रममा उपस्थित अधिकांश नेपालीहरूको एउटै आवाज थियो, हाम्रो नेपाल पनि संसारमै एक उत्कृष्ट पर्यटकीय हव बन्न सक्छ। यहाँको चार वर्ण छत्तिस जातका सभ्यता, परम्परा र संस्कृतिलाई सुहाउँदो भूगोल संसारलाई देखाउन मात्र सकियो भने हामीले सगरमाथा, गौतम बुद्धको देश भनेर चिनाउँनै पर्दैन थियो। 

यो परिदृश्य हामी उठ्ने छौं (वि विल राइज) अभियानअन्र्तगत ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिताका विजेता भिडियोहरूको हङकङ प्रदर्शनको हो।  नेपाल टुरिजम फिल्म फेस्टिभल नाम दिइएको कार्यक्रममा वेस्ट भिडियो अफ द इयरको विजेता टिम डुलुवाको ‘दी नर्थन वाल’, जजेज च्वाइस आर्यन कुँवरको ‘मयुरी चाल’, टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’, मोस्ट इनरजेटिक भिडियो मेकर, फ्युचर स्टार अफ दी इयर आर्दश पाण्डे, मोस्ट पोटेन्सियल डेस्टिनेसन ‘सन्दकपुर गाउँपालिका’, वेस्ट एडिटर आकाश धिमाल, वेस्ट स्क्रिप्ट भ्वाइस ओभर रुमन थापा, वेस्ट स्टोरी कन्सेप्ट निर्देशन सुरेशकुमार मुखिया, वुमन भिडियो मेकर अफ दी इयर गरिमा भण्डारी र वेस्ट सिनेमाटोग्राफर सन्तोष मालेकका १० विधाका भिडियोहरू प्रदर्शन गरिएको थियो।  

नेपालका दूरदराज पर्यटकीय सम्भावना भएका यस्ता स्थानहरूको खोज, प्रर्वद्धनका लागि भन्दै उपस्थित विभिन्न संघसस्थाका प्रतिनिधि, ब्यवसायी र ब्यक्तिगत रुपमा फाउन्डेसनलाई सहयोग उपलब्ध गराएका थिए। संकलन गरिएको ४५ हजार एक सय ५५ हङकङ डलर (करिब ८ लाख रुपैयाँ) खर्च कटाएर फाउन्डेसनमा जम्मा गरिने कार्यक्रम संयोजक रक्षा गुरुले बताए।  

कार्यक्रममा बोल्दै वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका ठाउँहरूको प्रवद्र्धन र प्रचार गर्ने हेतुले भिडियो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको बताए। गुरुङले आन्तरिक पर्यटनलाई बढवा दिएमात्र संसारभर छरिएका नेपालीले आफ्नो देशको सुन्दरताको प्रचार गर्न सक्ने बताए। ‘हामी हाम्रै देशको कतिपय रमणीय स्थानहरूमा पुगेका छैनौं। कति सुन्दर संस्कृति र परम्परा देख्नसम्म पाएका छैनौं। पर्यटकीय सम्भावना भएका ठाउँहरूको पहिचान मात्र होइन, तिनीहरूलाई बजारमा ल्याउनका लागि फिल्म फेस्टिभलले सेतुको काम गर्ने विश्वास लिएको छु’, उनले भने, ‘हाम्रो कला संस्कृतिलाई विश्वभर उजागर गर्न यसले सघाउने छ।’ 

हङकङका लागि महावाणिज्यदूत उदयबहादुर रानामगरले प्रस्तुत बृत्तचित्र प्रदर्शनीले नपुगेको, नदेखेको स्थान, प्राकृतिक सम्पदा, परम्पराको परिचय दिएकोमा खुसी ब्यक्त गरे। उनले देशकै सौन्दर्यलाई संसारभर प्रचार गर्ने काममा तल्लिन संस्थालाई निरन्तर लाग्नका लागि शुभकामना दिए। 

हङकङेली नेपाली समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, शिक्षक, कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.