राष्ट्रपति पौडेल र युआनबीच भेट

राष्ट्रपति पौडेल र युआनबीच भेट
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ। तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका हुन्। 

भेटमा दुई पक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए। 

भेटका क्रममा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

भेटमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङसहितको प्रतिनिधिमण्डलका सदस्य, परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो। युआन नेतृत्वको टोली सिंगापुर र श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुगेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.