इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल मृत फेला

बागलुङ : बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।
खाजा खानाको लागि होटलमा गएका पौडेललाई राती १२ बजे होटल सञ्चालकले मृत देखेपछि वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएको र वडाअध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे इलाका प्रहरी चौकी बुर्तिबाङबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रनाउ केसीले बताए ।
प्रनाउ केसीले घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको जानकारी दिए । उनले वर्षाका कारण सडक अवरुद्ध हुँदा घटनास्थल पुग्न समस्या भएको बताउँदै केही समयमा घटनास्थलमा पुगेपछि थप जानकारी आउने बताए ।
जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।
प्रतिक्रिया दिनुहोस !
